काठमाडाैं । साताकाे चाैंथाे दिन आज बुधबार सुनको भाउ एकैदिनमा तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ ।
सुनकाे भाउ बढेसगै ताेलाकाे १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ८५५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।




















