काठमाडाैं । साताकाे दाेस्राे दिन आज साेमबार सुनको भाउ घटेकाे छ ।
सुन तोलामा ३०० रुपैयाँले घटेर १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले घटेर १ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएकाे छ ।



