×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सीआईबीद्वारा गाेरखाका परिन पाण्डे सहित २ जना पक्राउ

  •  गोरखा समाचार
  • शनिबार, माघ १२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडाैं ।  ‘पासवर्ड’ दुरुपयोग गरेर भाटभटेनीको कर दायित्व हुने गरी राजस्व कर प्रणाली सफ्टवेयरमा रकम हेरफेर गरेको आरोपमा सीआईबीद्वारा गाेरखाका १ जना सहित २ जना युवाहरु पक्राउ गरेकाे छ ।

    पक्राउ परेका गोरखा भीमसेन थापा गाउँपालिका–४ का परिन पाण्डेगोरखा भीमसेन थापा गाउँपालिका–४ का परिन पाण्डे र पर्वत बिहादी गाउँपालिका–३ का सन्तोष पराजुलीले ६ करोड ८२ लाख ६५ हजार ५९० रुपैयाँ बढी कर दायित्व पुर्‍याइदिएको खुलासा भएकाे हाे ।

    आन्तरिक राजस्व विभागमा आबद्ध भाटभटेनी सुपरमार्केटले प्रयोग गर्ने ‘युजर नेम’ र ‘पासवर्ड’ दुरुपयोग गरेर ति युवाहरुले ६ करोडको करलाई १३ करोड बनाएका थिए ।

    उनीहरूले पुसको राजस्व रकममा ६ करोड ८२ लाख ६५ हजार ५९० रुपैयाँ बढी कर दायित्व हुने गरी राजस्व कर प्रणालीको सफ्टवेयरमा रकम हेरफेर गरेको प्रहरीको भनाइ छ । ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार भाटभटेनी सुपरमार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्व आरोपित २ जनाले दोब्बर बनाइदिएका थिए ।

    ‘कारोबार रकम २ अर्ब ३४ करोड १६ लाख ४२ हजार ८ सय १६ रुपैयाँको राजस्व कर दायित्व ६ करोड २६ लाख ९४ हजार १९ रुपैयाँलाई हेरफेर गरी १३ करोड ९ लाख ५९ हजार ६ सय ९ रुपैयाँ बनाइएको थियो,’ उनले भने ।

    पर्वतको बिहादी–३ का पराजुली र गोरखाको भीमसेन थापा–४ का पाण्डे हाल चितवनको भरतपुर–११ मा बस्दै आएका थिए । उनीहरूलाई भरतपुर महानगरपालिका–३ स्थित ‘बिहादी बिजनेस म्यानेजमेन्ट’ नामक अडिट फर्मबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको छ ।

    बिजनेस म्यानेजमेन्ट कम्पनी लेखासम्बन्धी काम गर्ने संस्था हो । सीआईबीले संस्थाका सञ्चालकहरूको समेत खोजी गर्दै छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, माघ १२, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.