काठमाडाैं । साताकाे पाँचाैं दिन आज बिहीबार सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन तोलामा ४०० रुपैयाँले घटेर ताेलाकाे १ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ८७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



