काठमाडाैं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेकाे छ । आज सुनकाे भाउ तोलाकाे १ हजार ९०० रुपैयाँ बढेकाे हाे । हिजो र आज दुई दिनमै तोलामा ३ हजार रुपैयाँले बढेको छ ।
सुनको भाउ बढेसगै आज तोलाकाे १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।




















