काठमाडाैं । नेपाल बजारमा साताकाे तेस्राे दिन आज सुन र चाँदीकाे भाउ बढेको छ । केही दिनदेखी लगातार बढेकाे सुनको भाउ हिजाे घटेकाे भएता पन आज बढेकाे हाे ।
सुन तोलामा ४०० रुपैयाँले बढेर १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आजै चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ८३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।



