काठमाडाैं । नेपाली बजारमा केही दिनदेखी उकालाे लागेकाे सुनको भाउ आज घटेको छ ।
सुनको भाउ आज तोलामा ८०० रुपैयाँले घटेर १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आजै चाँदीको भाउ ताेलामा ४० रुपैयाँले घटेर १ हजार ८२० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।



