काठमाडाैं । साताकाे दाेस्राे दिन आज साेमबार पनि सुनको भाउ बढेको छ ।
सुनको भाउ आज तोलामा १०० रुपैयाँले बढेर १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउमा भने स्थिर रहेकाे छ । चाँदी आइतबारकै तुलनामा तोलाको १ हजार ८६० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।



