काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ ।
सुनको भाउ बढे संगै ताेलाकाे १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ८४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।



