×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको मनास्लु पदमार्गमा जाने बिदेशी पर्यटकको संख्यामा बृद्वि, ५ महिनामा ६ हजार बढी

  •  गोरखा समाचार
  • बुधबार, पुष २४, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाईल तस्बिर

    गोरखा । उत्तरी गोरखाको मनास्लु पदमार्गमा जाने बिदेशी पर्यटकको संख्यामा उल्लेखनिय रुपमा बृद्वि भएको छ । यो आर्थिक बर्षको पहिलो ५ महिनामा मात्रै ६ हजार ८२३ जना बिदेशी पर्यटकले उक्त मार्ग प्रयोग गरेको मनास्लु संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकारी भूवनराज ओझाले जानकारी दिए ।

    उनका अनुसार सोही अवधीको अघिल्लो बर्षभन्दा यो बर्ष ८११ ज्ना बढी बिदेशी पर्यटकले उक्त मार्गको प्रयोग गरेर मनास्लु क्षेत्र पुगेको बताए । ‘अघिल्लो बर्षको तुलनामा यो बर्ष बिदेशी पर्यटक बढी छ’ उनले भने ‘गत बर्षको सोही अवधीमा ६ हजार १२ जना पर्यटक आएकोमा यो बर्ष ६ हजार ८२३ जना आएका थिए ।’

    उनका अनुसार साउन महिनामा सार्क र बिदेशी गरी ३८ जना, भाद्र महिनामा ६०० जना, असोजमा सार्क र बिदेशी तथा अन्य (तेस्रो लिंङ्गी) गरी २ हजार ४४० जना, कार्तिकमा ३ हजार ३५१ जना र मंसिर महिनामा ३९४ जनाले उक्त पदमार्गको यात्रा गरेका थिए ।

    यो अवधीमा यात्रा गरेका मध्य सार्क राष्ट्रका ८१ जना पुरुष र १४ जना महिला गरी ९५ जना र ३ हजार ७५९ जना पुरुष र २ हजार ९६४ महिला तेस्रो देशका बिदेशी तथा १ जना तेस्रो लिंङ्गी रहेको आयोजनाको फिल्ड कार्यालय सिर्दीबास, फिलिमले जानकारी दिएको छ ।

    पछिल्लो केही बर्ष यता उत्तरी गोरखाको मनास्लु पदमार्ग बिदेशीहरुको रोजाईमा पर्न थालेपछी यहाँ आउने पर्यटकको संख्यामा पनि बृद्वि हुदै जान थालेको आयोजनाका सूचना अधिकारी ओझाको बुझाई छ ।

    यहाँ आउने सबै पर्यटकले पदैलयात्राको अनुभवका साथै प्राकृतिक शौन्दर्यता, स्थानिय कला संस्कृती, हिमाल, गुम्बा र तालको अबलोकन गर्ने पनि उनले बताए ।

    प्रकृतिले लोभ्याएको चुम र नुब्रीको फरक महत्व :

    उत्तरी गोरखाको मनास्लु पदमार्ग चुमनुब्री गाउँपालिका भित्र पर्दछ । २ वटा भ्याली चुम र नुब्री मिलेर बनेको कारण यसलाई चुमनुब्री भनिएको हो ।

    चुम र नुब्रीको आ–आफ्नै अतित्व छ । चुमको अर्थ पूर्वभाग नुब्रीको अर्थ पश्चिमी भाग हो । दुवै भागलाई एकै बनाएर बनेको चुमनुब्री हो ।

    म्युजिक भिडियोमा 'हाम्रो चुमभ्याली' – nepaliSamachar.com

    चुम भ्याली जान सुरुमा जगतमा पुग्नु पर्ने हुन्छ । त्यसपछी भने फिलिम–चिसापानी–लोक्पा–चुम्लिङ–रेन्जोम–छेकम्पार–छुले–निले पुगिन्छ । निले यो क्षेत्रकै अन्तिम गाउँ हो । त्यस माथी भने पबित्र मु गुम्बा रहेको छ । जहाँ रहेका जिवजन्तुहरुले मानिसहरुले आफ्नै हातमा राखेका खानेकुराहरु खान मन पराउछन् ।

    यो क्षेत्र बिगत १०० बर्षभन्दा पहिलादेखी अहिंसा क्षेत्रको रुपमा विश्वमाँझ परिचित छ ।

    दोस्रो नुब्री भ्याली जानको लागि पनि सुरुमा जगत पुगेपछी फिलिम र चिसापानी पुग्नुपर्ने हुन्छ । चिसापानीको केही माथी पुगेपछी आउने गम्पुरबाट भने चुम भ्याली जाने बाटोलाई मायाँ मारेर पश्चिम उत्तर तर्फ लाग्नुपर्ने हुन्छ ।

    केही घण्टाको दुरपछी आउने न्याकफेदी आउछ भने त्यसपछी भने पेवा–ड्याङ–बिही फेदी–गप–नामरुङ–लिही–स्यो–ल्हो–स्याला–सामा–साम्दो–लार्केबजार–धर्मशाला हुदै लार्के टप (पास) पछी मनाङको भिमथाङ पुग्न सकिन्छ ।

    यो बिचमा यो मार्ग भएर जाने जो कोहीले पनि कल्छुमन (काल) ताल, सेराङ पुङगेन गुम्बा र बिरेन्द्र तालको अबलोकन गर्दछन् । यही मार्गमा पर्ने विश्व प्रसिद्व मनास्लु हिमाल चढने देखी बेश क्याम्पसम्म पुगेर फर्कने पनि हुने गर्दछन् ।

    मनास्लु हिमाल

    मनास्लु हिमाल जसलाई अर्को नाम कुताङ्ग भनेर पनि भनिन्छ । यो संसारको आठौँ अग्लो हिमाल हो । यो मानसिरी पर्वतशृङ्खलामा पर्दछ ।

    यो नेपाली हिमालय शृङ्खलाको एक भाग हो । यसको अवस्थिति नेपालको सुदुर पश्चिम भागमा रहेको छ । यसको नामले “उत्साहको पर्वत“ भन्ने अर्थ राख्दछ । संस्कृत भाषाको शव्द मानस, जसले “वुद्धि“ या “आत्मा“ भन्ने जनाउँछ ।

    यसको आरोहण सर्वप्रथम १९५६ मा जापानी आरोहण टोलीका सदस्यहरू तासिओ इमानिसीले र ग्याल्जेन नोर्बुद्वारा भएको थियो । भनिन्छ नेपालमा रहेको सगरमाथालाई बेलायतीहरूले आफ्नो माने जस्तै मनासलुलाई जापानी पर्वतको रूपमा लिइन्छ । यो हिमाल संसारको आठौँ अग्लो हो भने नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाई ८,१५६ मिटर छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, पुष २४, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.