काठमाडौं । नेपाली बजारमा आज सुनकाे भाउ ताेलामा ५०० रुपैयाँले बढेकाे छ । अघिल्ला २ दिनसम्म स्थिर रहेको सुन बुधबार बढेको हाे ।
सुनकाे भाउ बढेसँगै ताेलाकाे १ लाख ५२ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी हिजैकाे मुल्य प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।



