काठमाडाैं । नेपाली बजारमा केही दिनदेखी सामान्य रुपमा बृद्धि हुदै गएकाे सुनको भाउ आज एकै दिनमा तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ ।
ताेलामा १ हजार ५०० रुपैयाँले घटे संगै तोलाको १ लाख ५२ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सनु ताेलाकाे १ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । शुक्रबार सुनको मूल्य २ हजार रुपैयाँ बढेको थियो ।
यस्तैगरी, चाँदीको मूल्य भने स्थिर छ । शुक्रबारकै मूल्य प्रतितोला १ हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।



