काठमाडाैं । नेपाली बजारमा आज पनि सुन र चाँदीको भाउ बढेकाे छ । साताकाे पाँचाैं दिन आज बिहीबार सुनमा प्रतिताेला ५०० रुपैयाँले बढेको हाे ।
सुनकाे भाउ बढेसंगै ताेलाकाे १ लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ ताेलामा २५ रुपैयाँले बढेर ताेलाकाे १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



