×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको मनास्लुमा सन २०२४ मा झण्डै ११ हजार बिदेशी पर्यटक पुगे

  •  गोरखा समाचार
  • बुधबार, पुष १७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाईल तस्बिर

    गोरखा । उत्तरी गोरखाका मनास्लु क्षेत्रमा अग्रेजी बर्ष सन २०२४ मा झण्डै ११ हजार बिदेशी पर्यटक पुगेका छन् ।

    मनास्लु संरक्षण क्षेत्र आयोजनाको फिल्ड कार्यालय फिलिमका अनुसार सन २०२४ मा उक्त क्षेत्रमा १० हजार ६०५ जना बिदेशी पर्यटक पुगेको जानकारी दिएको हो ।

    कार्यालयका संरक्षण अधिकृत एवं सूचना अधिकारी भूवनराज ओझाका अनुसार यो अहिलेसम्मै सर्वाधिक पर्यटकको संख्या हो । सो क्षेत्रमा अधिल्लो बर्ष सन २०२३ मा ९ हजार १७७ जना बिदेशी पर्यटकले यात्रा गरेका थिए ।

    सूचना अधिकारी ओझाले दिएको जानकारी अनुसार सन २०२४ मा सबैभन्दा बढी तेस्रो मुलुकबाट आएको छ भने सबैभन्दा कम सार्क राष्ट्रबाट आएको देखिन्छ । सार्क राष्ट्रबाट १३२ जना पुरुष र ५० जना महिला गरी कुल १८२ जनाले मनास्लु पदमार्गको यात्रा गरेको उनले जानकारी दिए ।

    सार्क राष्ट्र मध्य भारतबाट १५९ जना र पाकिस्तानबाट १ जनाले मनास्लु पदमार्ग गएका थिए । सोही अवधीमा तेस्रो राष्ट्रका १० हजार ४२३ जनाले उक्त पदमार्गको यात्रा तय गरेका थिए ।

    तेस्रो राष्ट्र मध्यपनि सबैभन्दा धेरै फ्रान्सबाट १ हजार ३३५ जना, जर्मनीबाट १ हजार १८१ जना, नेदरल्याण्डबाट ८८० जना र अमेरिकाबाट ७९६ जनाले मनास्लु पदमार्गको यात्रा तय गरेको आयोजनाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।

    तेस्रो राष्ट्रको माल्टाबाट भने १ जना पुरुषले मनास्लु पदमार्ग प्रयोग गरेका थिए । यो पदमार्गमा २ जना तेस्रो लिंगीले पनि यात्रा गरेको तथ्यांकबाट देखिन्छ ।

    तेस्रो मुलुक मध्य बेलायत, अष्ट्रेलिया, चेक रिपब्लिक, स्पेन तथा चाइनाबाट आएको पर्यटकले पनि उक्त पदमार्गको यात्रा गरेका थिए । जसमध्य चाइनाबाट १८४ जनाले उक्त पदमार्गमा गएका थिए ।

    मनास्लु संरक्षण क्षेत्र गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका भित्र पर्दछ । ठुलो क्षेत्रफल ओगटेको यो आयोजनाको पदमार्गमा स्वदेशी तथा बिदेशी पर्यटकहरुले प्राकृतिक शौन्दर्य, स्थानिय कला, संस्कृती, खानपानका साथै विश्व चर्चित मनास्लु हिमाल, सेराङ तथा मु गुम्बा र कल्छुमन एवं बिरेन्द्र तालको अबलोकन सहजै गर्न सक्नेछन् । त्यस बाहेक पनि मनास्लु हिमाल आरोहण तथा आधार शिविरसम्म पैदल यात्रा गर्ने बिदेशीहरुको संख्या समेत बढ्दै जान थालेको छ ।

    यो पदमार्ग प्रयोग गर्ने बिदेशी पर्यटकहरुले कम्तीमा ७ दिन र बढीमा १० दिन गोरखाको विभिन्न स्थानमा बसोबास गर्ने गर्दछन् ।
    हजार बढी

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, पुष १७, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.