काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ १ हजार ४०० रुपैयाँले बढेको छ ।
सुनकाे भाउ बढे संगै ताेलाकाे १ लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनकाे भाउ बढेपनी आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको आज तोलाको १ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



