काठमाडाैं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेकाे छ । साताकाे छाैठाैं दिन आज तोलामा ४०० रुपैयाँले बढेको हाे ।
सुन भाउ तोलामा ४०० रुपैयाँले बढेर संगै १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि बढेकाे छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



