काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ ।
सुन तोलामा १०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



