काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ घटेकाे छ । साताकाे पाँचाैं दिन आज बिहीबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको हाे ।
सुनकाे भाउ घटेसंगै नेपाली बजारमा सुन ताेलाकाे १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनकाे भाउ संगै आज चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी तोलामा ६० रुपैयाँले घटेर १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



