गोरखा । गोरखा उद्योग बाणिज्य संघको अध्यक्षमा भगवानबावु मास्के सर्वसम्मत चयन भएका छन् । मास्केको अध्यक्षता २२ सदस्यीय कार्य समिती समेत सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिए ।
उनका अनुसार वरिष्ठ उपाध्यक्षमा अस्मकबावु श्रेष्ठ, उपाध्यक्षमा प्रकाशचन्द्र श्रेष्ठ, महासचिवमा चन्दनबावु खत्री, कोषाध्यक्षमा सुरेन्द्र कुँवर, सचिवमा शरण श्रेष्ठ र सह–कोषाध्यक्षमा बसन्त बस्नेत सर्वसम्मत रुपमा चयन भएका छन् ।
संघको ४९औं बार्षिक साधारण सभा तथा १७औं अधिवेशन यही पौष ५ र ६ गते हुदै छ । निर्वाचन कार्य तालिका अनुसार बुधबार भएको उम्मेदवारी दर्तामा उनीहरुको नाम मात्र उम्मेदवारीमा परेका कारण सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत दुवाडीले बताए ।
संघको महिला सदस्यमा सुशिला श्रेष्ठ, बस्तुगत सदस्य तर्फ सुनचाँदी ब्यवसायी समिति गोरखाको तर्फबाट पर्वबहादुर विश्वकर्मा र एशोसियट सदस्य तर्फ वल्ड क्यापिटल ईन्भेष्टमेन्ट सेन्टर प्रालिबाट बिक्रम बस्नेत सर्वसम्मत रुपमा सदस्यमा चयन भएका छन् ।
संघको कार्य समिति सदस्य तर्फ प्रदिप खनाल, पुष्कल अर्याल, कर्णबहदुर गुरुङ, दिपककुमार श्रेष्ठ (अनु), मनकाजी श्रेष्ठ, काजीराम श्रेष्ठ, किरण ढकाल, भोलाप्रसाद मरहट्टा र सोम कोईराला सर्वसम्मत रुपमा समितिमा चयन भएका छन् ।
संघले जारी गरेको सूचना अनुसार षौष ३ गते उम्मेदवारी दर्ता, पौष ४ गते उम्मेवादी उपर दावी बिरोध, पौष ५ गते शुक्रबार साधारण सभा र पौष ६ गते शनिबार बिहानैदेखी निर्वाचन प्रकृयाको थालनी हुने थियो । तालिका अनुसार आज उम्मेवार उपर दावी बिरोधको दिन हो ।
अब भने संघले साधारण सभा गरेकै दिनमा सर्वसम्मत कार्य समिति पाउने छ ।
संघ स्थापना भएको २०३० साल पछी यो नै पहिलो पटक सर्वसम्मत कार्य समिति चयन भएको हो ।




