काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ बढेकाे छ । साताकाे तेस्राे दिन आज मंगलबार तोलामा २०० रुपैयाँले बढेको हाे ।
सुनकाे भाउ बढेसंगै नेपाली बजारमा सुन ताेलाकाे १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनकाे भाउ बढेपनी चाँदीको भाउ भने स्थिर रहेकाे छ । चाँदी तोलाको १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



