काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ ।
सुन भाउ बढेसंगै तोलाकाे १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तर आज चाँदीको भाउ भने स्थिर रहेकाे छ । चाँदी हिजोकै मूल्यमा तोलाको १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



