काठमाडाैं । साताकाे पहिलाे दिन आज सुनको भाउ घटेकाे छ ।
आज (आइतबार) एकैदिन तोलामा २ हजार २०० रुपैयाँले घटेर तोलाकाे १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



