काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ बढ्दा चाँदीकाे भाउ भने स्थिर रहेकाे छ ।
सुन तोलामा ४०० रुपैयाँले बढेको १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तर आज चाँदीको भाउ भने स्थिर रहेकाे छ । चाँदी आइतबारकै तुलनामा तोलाकाे १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




















