काठमाडाैं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ घटेको छ ।
सुनको भाउ तोलामा ४०० रुपैयाँले र चाँदीको २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ घटेसंगै तोलाको १ लाख ४९ हजार ७०० रुपैयाँमा काराेबार भएकाे छ ।
त्यस्तैगरी, चाँदीको भाउ घटेर तोलाको 1 हजार 8६५ रुपैयाँमा काराेबार भएकाे महासङ्घले जनाएको छ ।



