काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ६०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ताेलामा ६०० रुपैयाँले घटेसंगै प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँमा काराेबार भएकाे जनाएकाे छ ।
सुनकाे भाउ घटेपनी चाँदीको भाउ भने बढेको छ । तोलामा १० रुपैयाँले बढेर प्रतिताेला १ हजार ८९० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



