काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ ।
सुनको भाउ तोलामा १०० रुपैयाँले बढेसैगै १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



