काठमाडाैं । नेपाली बजारमा आज पनि सुनको भाउ घटेकाे छ ।
साताकाे दाेस्राे दिन बजार खुल्नासाथ तोलामा १ हजार २०० रुपैयाँले घटेर १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँले घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




















