काठमाडाैं । नेपाली बजारमा लगातार २ दिनसम्म घटेकाे सुनकाे भाउ आज उकालाे लागेकाे छ । साताकाे चाैथाें दिन आज ताेलामा ९०० रुपैयाँले सुनको भाउ बढेको हाे ।
सुनकाे भाउ बढेसंगै ताेलाकाे १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि ताेलामा १० रुपैयाँले बढेर १ हजार ८३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



