काठमाडाैं । नेपाली बजारमा आज पनि सुनको भाउ घटेकाे छ । सुनको भाउ आज तोलामा २ हजार ६०० रुपैयाँले घटेर काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनकाे भाउ घटेसंगै नेपाली बजारमा ताेलाकाे १ लाख ४८ हजार ७०० रुपैयाँका कारोबार भइरहेको महासंघले जनाएकाे छ । हिजाे र आज गरी नेपाली बजारमा सुनकाे भाउ ताेलामा १८ हजार ५०० रुपैयाँले घटेकाे छ ।
हिजो ताेलामा १५ हजार ९०० रुपैयाँले घटेकाे थियाे । गएकाे केही दिनअघि निरन्तर उकालाे लागेकाे सुनको भाउ सरकारले भन्सार महसूल घटासँगै घट्न थालेको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि ताेलामा २५ रुपैयाँले घटेर १ हजार ८२० रुपैयाँमा काराेबार भएकाे महासङ्घले जनाएको छ ।



