काठमाडाैं । साताकाे दाेस्राे दिन आज सुनकाे भाउमा भारी गिरावट आएकाे छ । सरकारले सुनचाँदीमा लाग्ने भन्सार महसुल घटाएसँगै सुनको भाउ आज ताेलामा १५ हजार ९०० रुपैयाँले घटेको हाे ।
आइतबार १ लाख ६७ हजार २०० रुपैयाँ रहेको सुनको भाउ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घटेर १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचााँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि कात्तिक १५ गते १ लाख ७१ हजार रुपैयाँ सम्म पुगेको सुनको भाउ कात्तिक अन्तिममा लगातर घटेर १ लाख ६० हजार रुपैयाँसम्म झरेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ११५ रुपैयाँले घटेर १ हजार ८४५ रुपैयाँमा काराेबार भएकाे छ ।



