काठमाडाैं । साताकाे अन्तिम दिन आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले बढेको छ ।
सुनको भाउ बढे संगै नेपाली बजारमा ताेलाकाे १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ९४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
पछिल्लो ४ दिन यता सुनको भाउ लगातार उकालाे लागिरहेकाे छ ।



