काठमाडौं । साताकाे पाँचाैं दिन आज (बिहीबार) पनि सुनको भाउ बढेकाे छ । याे साता लागेदेखी नेपाली बजारमा सुनकाे भाउ बढन थालेकाे हाे ।
आज नेपाली बजार खुल्नासाथ सुन तोलामा १ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सुनकाे भाउ बढेसंगै प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
आज चाँदीको भाउ भने स्थिर रहेकाे छ । चाँदी तोलाकाे १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा गएकाे कात्तिक १५ गते सुनको भाउ सबैभन्दा उच्च तोलाकाे १ लाख ७१ हजार रुपैयाँमा काराेबार भएकाे थियाे । त्याे नै अहिलेसम्मकाे उच्च मूल्य रेकर्ड हाे ।




















