काठमाडौं । नेपाली बजारमा पछिल्लाे ३ दिन लगातार रुपमा सुनकाे भाउ बढेकाे छ । आज ताेलामा ९०० रुपैयाँले बढेर ताेलाकाे १ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो याे सातामा आज सहित लगातार ३ दिन सुनकाे भाउ उकालाे लागेकाे हाे ।
तर आज नेपाली बजारमा चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर ताेलाकाे १ हजार ९५० रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ ।



