काठमाडाैं । साताकाे दाेस्राे दिन आज नेपाली बजारमा सुनको भाउ बढेको छ । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज एकैदिन तोलामा १ हजार रुपैयाँले बढेकाे हाे ।
सुनकाे भाउ बढेसंगै ताेलाकाे १ लाख ६१ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।



