काठमाडाैं । नेपाली बजारमा लगातार रुपमा ओरालाे लागेकाे सुन र चाँदीकाे भाउमा आज सामान्य रुपमा बढेकाे छ । साताकाे छाैटाैं दिन आज (शुक्रबार) सुन तोलामा १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हाे ।
सुनको भाउ तोलामा १०० रुपैयाँले बढेसंगै १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




















