काठमाडाैं । नेपाली बजारमा आज पनि सुनको भाउ घटेकाे छ । साताकाे पाँचाै दिन आज (बिहीबार) एकैदिन २ हजार २०० रुपैयाँले घटेको हाे ।
सुनको भाउ घटेसंगै तोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, आज चाँदीको भाउ ताेलामा ३५ रुपैयाँले घटेर १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



