काठमाडाैं । नेपाली बजारमा केही सयम यता लगातार रुपमा सुनको भाउ घटन थालाेकाे छ । साताकाे चाैथाें दिन आज ताेलामा ४०० रुपैयाँले घटेको छ ।
सुनकाे भाउ घटेसंगै तोलाको १ लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, आज चाँदीको भाउ भने बढेको छ । चाँदी ताेला १५ रुपैयाँले बढेर १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



