काठमाडाैं । नेपाली बजारमा आज फेरी सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ ।
शुक्रवारको तुलनामा ताेलामा ५०० रुपैयाँले घटेर आज सुन १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।



