काठमाडाैं । नेपाली बजारमा लगातारकाे उकालाे लागेकाे सुन भाउ हिजाे सामान्य घटेकाे भएता पनि आज पुन: बढेकाे छ । हिजो एकैदिन ४ हजार रुपैयाँले घटेको सुनको भाउ आज भने तोलामा २ हजार रुपैयाँले बढेको हाे ।
सुन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, आज चाँदीको भाउ पनि ताेलामा २० रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




















