काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ घटेकाे छ । आज एकैदिन ताेलामा ४ हजार रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हाे ।
बुधकार तोलाको १ लाख ६८ हजार ५०० रुपैयाँ रहेको सुनको भाउ घटेर १ लाख ६४ हजार ५०० रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यही कात्तिक १५ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा १ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।
यस्तैगरी, आजै चाँदीको भाउ पनि ताेलामा ५५ रुपैयाँले घटेर १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



