काठमाडाैं । नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज जारी गरेकाे बिदेशी मुद्राकाे बिक्री दरमा अमेरिकी डलरको १३५ रुपैयाँ १६ पैसा तोकेको छ ।
यो अहिलेसम्मकै उच्च हो । हिजो १ अमेरिकी डलरको बिक्री दर १३४ रुपैयाँ ८८ पैसा रहेकाे थियो । मङ्गलवार १३४ रुपैयाँ ८९ पैसा पुगेको थियो ।
राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिद मूल्य १३४ रुपैयाँ ५६ पैसा तोकेको छ । केही हप्तादेखि अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ ।



