गोरखा । नेपालकै पहिलो मनकामना केबुलकार तिहारको लागी २ दिन बन्द हुने भएको छ । चाढपर्वमा कर्मचारीहरुलाई बिदा हुने भएपछी २ दिन बन्द गर्न लागेको हो ।
माउ संस्था मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै आउदौ कार्तिक १७ र १८ गते २ तिहार बिदाको अवशरमा केबुलकार बन्द गर्न लागेको जनाएको छ ।
१७ गते गावर्धन पूजा÷म्हः पूजा र १८ गते भाई टिकाको दिन बन्द रहने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले जानकारी दिए ।
उनका अनुसार भाई टिकाको भोलीपल्ट कार्तिक १९ गते सोमबारबाट बिहानैदेखी सुचारु हुने छ ।
नेपालकै प्रसिद्व धार्मिकस्थल मनकामना मन्दिर जाने तिर्थ यात्रीहरुको सुविधाकालागी २०५५ साल मंसिर ८ गतेदेखी मनकामना केबुलकार सञ्चालनमा आएको हो ।




















