काठमाडाैं । साताकाे पाँचाै दिन आज पनि सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ ।
बिहीबार ताेलाकाे ३०० रुपैयाँले बढेर तोलाको १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो भाउ अहिलेसम्मकै उच्च हो ।
यस्तैगरी, आज भने चाँदीको भाउ घटेको छ । आज चाँदी ताेलामा २० रुपैयाँले घटेर २ हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



