काठमाडाैं । साताकाे तेस्राे दिन आज सुनको भाउले फेरी नयाँ कीर्तिमान बनाएको छ । साताकाे तेस्राे दिन सुन ताेलामा १ हजार ५०० रुपैयाँले बढेर तोलाको १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो भाउ अहिलेसम्मकै उच्च हो । गएको आइतवार सुन तोलाको १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेको थियो ।
यस्तैगरी, आजै चाँदीको भाउ ताेलामा ४० रुपैयाँले बढेर २ हजार १०० पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



