गोरखा । गोरखा प्रशासनबाट नागरिकताको प्रतिलिपि लिनेको संख्या बढेको छ । चालु आर्थिक बर्षको पहिलो ३ महिनाको अवधीमा जिल्ला प्रसासन कार्यालय गोरखाबाट प्रतिलिपी लिनेको संख्या बढेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरारले बताए ।
चालु आर्थिक बर्ष २०८१/०८२ साउनदेखि असोज मसान्तसम्मको अवधीमा नयाँ नागरिकता लिने भन्दा प्रतिलिपी नागरिकता लिनेको संख्या बढी रहेको कार्यालयको तथ्याङ्कबाट पनि सहजै देख्न सकिन्छ ।
त्यो ३ महिनाको अवधीमा कार्यलयबाट कुल ३ हजार २२६ जनालाई नागरिकता उपलब्ध गराइएकोमा आधा जसोले प्रतिलिपी लिएको पाइएको कार्यालयका प्रसासकीय अधिकृत रबिन्द्र घिमिरेले जानकारी दिए ।
उनका अनुसार सो अवधीमा १ हजार ९५२ जनाले प्रतिलिपी लिएका हुन् । त्यस्तै सो अवधीमा कार्यलयबाट १ हजार २६३ जनाले नयाँ नागरिकता लिएको जनाएका छन् ।
नागरिकता लिने मघ्ये ६९६ जना महिला र ५६७ जना पुरुषले नयाँ नागरिकता लिएको ८२२ जना महिला र १ हजार १३० जना पुरुषले प्रतिलिपि लिएको कार्यालयले जनाएको छ ।




















