काठमाडाैं । साताकाे पहिलाे दिन आज नेपाली बजार खुल्नासाथ सुनकाे भाउले नयाँ कीर्तिमान बनाएको छ । आइतबार सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेर तोलाको १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेको हाे । यो अहिलेसम्मकै उच्च भाउ हो ।
गएकाे हप्ताकाे शुक्रवार नेपाली बजारमा सुनको भाउ तोलाको १ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तैगरी, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर २ हजार ८५ रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी महासंघले जनाएकाे छ । चाँदी गएकाे हप्ताकाे शुक्रवार तोलाको २ हजार ७० रुपैयाँ काराेबार भएकाे थियाे ।



