काठमाडौं । नेपाली बजारमा केही दिन यता लगातार बढेर हरेक दिन जसो नयाँ रेकर्ड बनाउँदै गएको सुनको मूल्य आज भने घटेको छ । साताकाे पाँचाैं दिन बिहीबार नेपाली बजार खुल्नासाथ ताेलामा ७०० रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँमा कारेाबार भएकाे नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।
बुधबार तोलाको १ लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएर हालसम्मकै उच्च मूल्य पुगेको सुन बिहिबार तोलामा ७०० रुपैयाँले घटेको हो ।
त्यस्तैगरी, आज चाँदीको मूल्य पनि प्रति तोलामा ४० रुपैयाँले घटेर २ हजार ९५ रुपैयाँमा मा कारोबार भइरहेको छ । चाँदी हिजाे ताेलाकाे २ हजार १३५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही गिरावटसँगै बिहिबार नेपाली बजारमा पनि सुनको मूल्य घटेको हाे ।



