काठमाडाैं । साताकाे चाैंथाे दिन आज पनी सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनकाे भाउ आज ८०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ६६ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
नेपाली बजारमा केही दिन यता सुनचाँदीकाे भाउ निरन्तर बढी रहेकाे महासङ्घले जनाएकाे छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ ताेलामा ३५ रुपैयाँले बढेर तोलाको २ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिसँगै भाउ बढेको महासङ्घको भनाइ छ ।
दशैँ बिदापछि सुनको भाउ लगातार बढिरहेको छ ।



