काठमाडाैं । नेपाली बजारमा अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ८२ पैसा तोकेको पछी अहिलेसम्मकै उच्च मूल्य कायम भएकाे हाे ।
बैकले खरिददर १३४ रुपैयाँ २२ पैसा ताेकेकाे छ । याे भाउ अहिलेसम्मकै उच्च हो ।
डलरको मूल्यमा नयाँ नयाँ रेकर्ड बनिरहँदा नेपाली मुद्रा निरन्तर कमजोर बनेको छ ।
डलरको भाउ बढेपछि भारतीय रुपैयाँ हुँदै नेपाली मुद्राको भाउ घटेको विज्ञहरू बताउँछन् ।



