काठमाडाैं । केही दिन यता नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमानी मूल्य कामय गर्ने काम हुदै आएको छ । साताकाे तेस्राे दिन आज फेरी सुन ताेलामा ३०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएकाे हाे ।
साेमबार तोलाको १ लाख ६५ हजार ६०० रुपैयाँ पुगेकोमा मंगलबार नेपाली बजार खुल्नासाथ ताेलाकाे १ लाख ६५ हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ ताेलामा ५ रुपैयाँले बढेर तोलाको २ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सुनको भाउ ७ दिनमा ५ हजार ५०० रुपैयाँले बढेको छ । मध्यपूर्वमा बढ्दो द्धन्दका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।



